Rule 130
स्वेच्छिक अवकाश
(१) कुनै शिक्षकले सेवाबाट अवकाश लिन इच्छा गरी निवेदन दिएमा नियुक्ति गर्ने अधिकारीले निजलाई जुनसुकै वखत सेवाबाट अवकाश लिने अनुमति दिन सक्नेछ ।
(२) निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पूरा गरेको शिक्षकले नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको अवधिभित्र स्वेच्छिक अवकाश लिनको लागि देहाय बमोजिमको सुविधा समेत दिने गरी स्वेच्छिक अवकाशको लागि आव्हान गर्न सक्नेछः–
(क) अवकाश प्राप्त गर्ने उमेर ननाघ्ने गरी बढीमा पाँच तलब बृद्धि गरी हुन आउने निवृत्तभरणको रकम,
(ख) निवृत्तभरण पाउने सेवा अवधि पूरा भएको हकमा एक वर्ष बराबरको एकमुष्ठ निवृत्तभरण रकम ।
(३) उपनियम (२) बमोजिम प्रकाशित सूचना अनुसार स्वेच्छिक अवकाश लिन चाहने शिक्षकले सोही सूचनामा उल्लिखित अवधिभित्र स्वेच्छिक अवकाश लिन सक्नेछ ।